नेप्से सिइओको अर्थसमितिलाई जवाफ: ओटिसी खरिद गर्न कानूनले रोकेको छैन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आफू नेप्से प्रमुखको हैसियतका रुपमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानूनले नरोकेको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको अर्थसमितीले सोमबार नेप्सेका सिइओ र पदाधिकारीलाई बोलाएर सर्वोत्तम सिमेन्टको ओटिसी कारोबारका विषयमा जवाफ मागेको थिए ।

अर्थसमितीमा बोल्दै नेप्सेका सिइओ साउँदले नेप्सेको पदाधिकारी वा संचालकले ओटिसी बजारबाट सेयर खरिदका लागि कानूनले नरोकेको बताएका छन ।

`कर्मचारी विनियमावली र संचालकको आचार संहिता तथा कम्पनी ऐनले यस्तो प्रकृतिको कारोबारका लागि छेकबार लगाएको छैन । अहिले कानूनी र नैतीक दुवै खालका प्रश्न आएका छन, यी दुवै विषय बुझ्दा मैले पनि सामान्य नागरिकका हैसियतले लगानी गर्न पाउँछु,´ साउदले भने ।

संचार माध्यामले विद्यमान कानूनको कुरा नबुझेर सतही कुरा गरेको पनि उनले बताए । नेप्सेको कर्मचारी विनियमावलीले प्राथमिक बजारबाट सेयर किन्न पाइने तर दोश्रो बजारबाट खरिद गर्न नपाईने व्यवस्था छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीमार्फत प्राथमिक बजारमा सेयर जारी गर्ने भनेर धितोपत्र बोर्ड वा नेप्सेमा नआएको र ओटिसी कारोबार डिरेगुलेटेड क्षेत्र भएकाले यसलाई इन्डाईडर ट्रेडिङ भएको भन्न नमिल्ले साउँदको दावी छ ।


क्लिकमान्डु