आइएमई जनरल इन्स्योरेन्सको नाफा ११.६ % ले बढ्यो



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आव २०७७/७८ मा २३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २१ करोड २ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा १ अर्ब ५२ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब १५ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ९९ लाख रुपैयाँ, बीमा कोषमा ४७ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ६ करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले ७६ करोड २१ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।
यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ३ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २० रुपैयाँ २७ पैसा, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा, पिई रेसियो ५९.६४ गुणा, प्रतिसेयर कुल सम्पत्ति २५२ रुपैयाँ १८ पैसा रहेको छ ।


क्लिकमान्डु