र्‍याडिसन होटलको घाटा २६ करोड बढी



काठमाडौं । ओरियण्टल होटल्स लिमिटेड अन्तर्गत सञ्चालित होटल र्‍याडिसनको घाटा २६ करोड नाघेको छ । अघिल्लो आवमा ६ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको होटलले गत आवमा २६ करोड रुपैयाँ बढी घाटामा रहेको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा कोरोना भाइरसको प्रकोपका कारण होटल घाटामा गएको उल्लेख गरिएको छ । कम्पनीको अघिल्लो आवमा सञ्चालन आम्दानी ६९ करोड १० लाख रुपैयाँ रहेकोमा गत आवमा यो आम्दानी घटेर ९ करोड २४ लाख रुपैयाँमा सीमित भएको थियो ।

१ अर्ब १२ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको रिभर्ज एण्ड सप्र्लसमा ८३ करोड ९२ लाख रुप्ैयाँ रहेको छ ।


क्लिकमान्डु