लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा



काठमाडौं । लक्ष्मी बैंकले १३४औं शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न. ४, गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ ।

यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।


क्लिकमान्डु