सुनको मूल्य १ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार १ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ कायम भएकोमा सोमबार ९० हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएकोमा सोमबार ५ रुपैयाँ घटेर १२ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु