वैदेशिक रोजगारमा जानेले अब म्यानपावरमार्फत् क्यूआर कोड खोप प्रमाणपत्र पाउने



काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागि अब म्यानपावरमार्फत् नै विद्युतीय खोप प्रमाणपत्र पाउने भएको छ ।

विगतको दिनमा वैदेशिक रोजगारीमा जाने क्रममा खोपको प्रमाणपत्र पाउनकै लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो । त्यसैले श्रमिकहरूको सहजताको लागि अनलाइनमार्फत् नै प्रमाणपत्र पाउने व्यवस्था गरेको हो ।

त्यस्तै विभागले पनि सुचना जारी गर्दै संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेहरूको कोभिड-१९ खोप लगाएकोले क्यूआर कोडसहितको प्रमाणपत्र पाउने जनाएको छ ।

विभागका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई-१९ को संक्रमणको हालको अवस्थामा यस विरुद्ध पूर्ण मात्रा खोप लगाएर विदेश जाने चाहने व्यक्तिहरूको हकमा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेहरूले सम्बन्धित इजाजत म्यानपावबाटै पाउने भएको छ ।

जसमा विभागले वेवसाइटमा अनलाइन भरी क्यूआर कोड सहितको प्रमाणपत्र निशुल्क लिन पाउने व्यवस्था गरेको छ । साथै, वैदेशिक रोजगराीमा जान चाहने व्यक्तिहरूको कोभिड-१९ खोपको विवरणमा भरी सोही लिङ्कमार्फत क्यूआर कोड सहितको प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध हुनेछ ।


क्लिकमान्डु