ग्लोबल आइएमई बैंकको नाफा ४२%ले बढ्यो,लाभांश क्षमता १३%



काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ९१ करोड थियो ।

वाणिज्य बैंकहरुमा सबैभन्दा बढी २१ अर्ब ६३ करोड चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा २ अर्ब ७६ करोड गरेको छ । यस आधारमा ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिनसक्छ ।

ग्लोबल आइएमई बैंकको पूँजीकोष अनुपात १३.१७ प्रतिशत रहेको छ । १.४२ प्रतिशत खराब कर्जा अनुपात रहेको ग्लोबल आइएमई बैंकको कर्जा निक्षेप अनुपात ७६.३१ प्रतिशत छ ।

६.६० प्रतिशत बेसरेट रहेको ग्लोबल आइएमई बैंकको स्प्रेड ३.५६ प्रतिशत छ । प्रतिसेयर आम्दानी १९.०८ रुपैयाँ छ ।
असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको निक्षेप २ खर्ब ६८ अर्ब छ भने कर्जा २ खर्ब २८ अर्ब छ ।


क्लिकमान्डु