तेह्रथुप पावर कम्पनीको आइपीओ भदौ ९ गतेदेखि



काठमाडौं । तेह्रथुप पावर कम्पनीले भदौ ९ गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

जसमा ४० हजार कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको तथा १६ हजार कित्ता अर्थात् २ प्रतिशत सेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो ।

कम्पनीले भदौ ९ गते आइपीओ निष्कासन गरी छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २३ गते आइपीओ निष्कासन बन्द गर्नेछ ।

कम्पनीका अनुसार प्रतिमेगावाट निर्माण लागत १८ करोड ८८ लाख रुपैयाँ रहेको छ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।


क्लिकमान्डु