एकवर्षमा १७७ प्रतिशतले सेयर मूल्य बढेको शिवम् सिमेन्टको नाफा १९ प्रतिशतले बढ्यो



काठमाडौं । शिवम् सिमेन्टको नाफा एकवर्षमा १९ प्रतिशतले बढेको छ । नेप्सेमा सूचिकृत एकमात्र सिमेन्ट उद्योग शिवम्को सेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिन्छ । जसले गर्दा शिवम्को सेयर मूल्य एकवर्षमा १७७ प्रतिशतले बढेको छ ।

शिवम् सिमेन्टले गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष १ अर्ब १७ करोड रुपैयाँ नाफा शिवम् सिमेन्टको थियो । शिवम्ले गतवर्ष बिक्रीबाट हुने आम्दानी तथा अन्य आम्दानी बढाएको छ । गतवर्ष सिमेन्टले ९ अर्ब ६१ अर्ब रुपैयाँको सिमेन्ट बिक्री गरेको छ ।

४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवम् सिमेन्टको प्रतिसेयर आम्दानी ३१.६८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु