सेञ्चुरी बैंकको नाफा घट्यो, लाभांश क्षमता ६ प्रतिशत



काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नाफा घटेको छ । सेञ्चुरी बैंकले गत आर्थिक वर्षमा ७५ करोड खुद नाफा गरेको छ ।

जुन अघिल्लो वर्षको भन्दा ६.७७ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकको नाफा ८० करोड थियो ।

बैंकको खुद ब्याज आम्दानी ३.२९ प्रतिशत घटेको छ भने नेट फि तथा कमिशन आम्दानी ५१.९६ प्रतिशत बढेको छ ।

बैंकले ब्याज आम्दानीबाट २ अर्ब ६० करोड,फि र कमिसनबाट ४१ करोड आम्दानी गरेको छ । सम्भावित नोक्सानीको लागि छुटउनुपर्ने रकम बढ्दा बैंकको नाफा घटेको हो ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसामा झरेको छ ।

चुक्ता पूँजी ९ अर्ब रहेको सेञ्चुरी बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा ५९ करोड गरेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ६.३४ प्रतिशत देखिन्छ ।

असार मसान्तसम्ममा सेञ्चुरी बैंकमा ९० अर्ब निक्षेप छ भने कर्जा ७८ अर्ब रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १२.३४ प्रतिशत छ । खराब कर्जा अनुपात १.९५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७९.३८ प्रतिशत रहेको छ । ७.८० बेसरेट रहेको सेञ्चुरी बैंकको स्प्रेड ३.२६ प्रतिशत छ ।


क्लिकमान्डु