सेयर बजारमा मौद्रिक नीतिको असर, २४.५७ अंकले घट्यो नेप्से, साढे २१ अर्बको कारोबार



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्थाको असर आइतबारको सेयर बजारमा देखिएको छ ।

मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गरेसँगै आइतबारको सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ ।

नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ अंकमा सीमित भएको छ ।

तर कारोबार रकमका हिसाबले भने नयाँ रेकर्ड कायम भएको छ । आइतबारको कारोबारमा कारोबार रकम भने २१ अर्ब रुपैयाँ पुगेको छ ।

यो दिन युनियन लाइफ इन्स्योरेन्स, खानी खोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु