‘सेयरको इन्साइडर ट्रेडिङमा पत्रकार पनि जोडिन्छन, आचार संहिता लागू गरौं’



काठमाडौं । आर्थिक क्षेत्र र पूँजीबजारका क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरु पनि धितोपत्रको भित्री कारोबारमा संलग्न हुनसक्ने भन्दै उनीहरुको आचार संहिता समेट्ने गरी नयाँ कानूनी व्यवस्था गर्नुपर्ने विषय उठेको छ ।

आइतबार संघीय संसद अर्थसमितीमा पत्रकारहरु धितोपत्र बजारको गोप्य सूचना पाएर करोबारमा संलग्न हुने गरेको विषय उठेको हो । अर्थ समिती सभापति कृष्णप्रसाद दहालले पत्रकारले पनि धितोपत्रको कारोबार गर्ने गरेको हुनसक्ने र उनीहरुलाई आचार संहितामा बाँध्नका लागि कानूनी प्रावधान ल्याइनुपर्ने बताए ।

`यो सूचना बाहिर ल्याउनेको पनि उद्देश्य के हो खोजी गरौं । आर्थिक पत्रकारको पनि आचार संहिता पनि हेरिनुपर्छ । भित्री सूचनाबारे पत्रकारलाई पनि त जानकारी हुन्छ,´ उनले भने । समिती सदस्य रामकुमारी झाँक्रीले पनि पत्रकार र उनीहरुले गर्ने धितोपत्रको कारोबार बारे आचारसंहितामा लागू हुनुपर्ने बताइन ।


क्लिकमान्डु