अर्थसमितिमा उठेको प्रश्न: अर्थमन्त्रालयले भीष्म ढुंगानालाई स्पष्टिकरण सोध्ने कि धितोपत्र बोर्डलाई?



काठमाडौं । सर्वोत्तम सिमेन्टको ओटिसी कारोबार प्रकरणमा अर्थमन्त्रालयले ब्यक्तिगत स्पष्टीकरण माग्नुपर्नेमा संस्थागत मागेर पन्छिन खोजेको भन्दै अर्थ समितिमा प्रश्न उठेको छ ।

समिती सदस्य रामकुमारी झाक्रीले बोर्डका अध्यक्ष र नेप्सेका सिइओले ओटिसी कारोबार गरेको विषयमा संबंधित ब्यक्तिलाई लै स्पष्टीकरण माग गर्नुपर्नेमा संस्थागत मागेर गल्ती गरेको बताइन।

`यति गम्भीर विषयमा सामूहिक स्पस्टिकरणले मात्रै पुग्छ? म अर्थमन्त्रालयलाई पनि सोध्नेवाला छु।´ झाक्रीले समितिमा भनिन, `अध्यक्षले ओटिसी गरेका छैनन भनेर अरु कर्मचारीले के आधारमा भनेको ?´

नेप्सेका सिइओ चन्द्रसिंह साउँदले अर्थमत्रालयले सोधेको स्पष्टीकरणको जवाफ मन्त्रालयसँगै सल्लाह गरेर लेखी पठाएको पनि झाँक्रीको आरोप छ।

`नेप्सेको सिइओले त सल्लाह गरेरै स्पष्टिकरण दिनुभयो भन्ने सुनिन्छ । यसरी पन्छिने र खेलाँची गरेको किन ?, उनले भनिन ।


क्लिकमान्डु