युनिलिभर नेपालको नाफा ८५ करोड



काठमाडौं । युनिलिभर नेपालको नाफा अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवमा जम्मा ३५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले गत आवमा नाफा बढाएर ८५ करोड ४० लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीको आम्दानी पनि अघिल्लो आवको तुलनामा गत आवमा सामान्य वृद्धि भएको छ । अघिल्लो आवमा ५ अर्ब ६८ करोड आम्दानी गरेको कम्पनीले गत आवमा ५ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको छ ।


क्लिकमान्डु