सिद्धार्थ बैंकको खुद नाफा ३२.३१ प्रतिशतले बढ्यो



काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफा ३२.३१ प्रतिशतले वृद्धि भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन गत आवमा ६९ करोड २५ लाख रुपैयाँले थप गरी २ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकद्वारा प्रकाशित गत आवको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । गत आवमा बैंकको कायम चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ हो । सो अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.१० प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

यसैगरी, बैंकले गत आवमा १ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ५ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.६२ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकले ५ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी र इम्पेरमेन्ट बढ्दा खुद नाफा वृद्धि भएको देखिन्छ । अघिल्लो आवको तुलनामा बैंकले अन्य सञ्चालन आम्दानी ५ सय ४५.०८ प्रतिशत बिन्दुले बढाएको छ । अघिल्लो आवमा बैंकले अन्य सञ्चालन आम्दानी १६ करोड १५ लाख रुपैयाँ गरेको थियो । जुन गत आवमा ८८ करोड ७ लाख रुपैयाँले थप गरी १ अर्ब ४ करोड २३ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको हो । सो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज समेत ६८ करोड ६४ लाख रुपैयाँबाट बढेर ८६ करोड रुपैयाँमा पुगेको छ ।

साथै, सो अवधिमा बैंकले ७ अर्ब ६३ करोड ५० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १७.७६ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.१६ प्रतिशत, बेसरेट ७.१६ प्रतिशत, स्पेडदर ३.७० प्रतिशत र कष्ट अफ फण्ड १३.४५ प्रतिशत छ । साथै, प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ८४ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात १९.४८ गुणा छ ।


क्लिकमान्डु