मुक्तिनाथ विकास बैंकको खुद नाफा ६२.७०% ले वृद्धि, अन्य सुचक कस्तो ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकको खुद नाफा ६२.७० प्रतिशतले वृद्धि भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन गत आवमा ४४ करोड ३५ लाख रुपैयाँले थप गरी १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकद्वारा प्रकाशित गत आवको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले ८६ करोड ५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । गत आवमा बैंकको कायम चुक्ता पुँजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ हो । सो अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १७.८८ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

यसैगरी, बैंकले गत आवमा ८६ अर्ब ९० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले २ अर्ब ७० करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १९.७० प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब २५ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढ्दा खुद नाफा वृद्धि हुन सहयोग पुगेको देखिन्छ । अघिल्लो आवको तुलनामा बैंकले अन्य सञ्चालन आम्दानी १ हजार ८२.०२ प्रतिशत बिन्दुले बढाएको छ । अघिल्लो आवमा बैंकले अन्य सञ्चालन आम्दानी ३ करोड ५६ लाख रुपैयाँ गरेको थियो । जुन गत आवमा ३८ करोड ५८ लाख रुपैयाँले थप गरी ४२ करोड १४ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको हो ।

साथै, सो अवधिमा बैंकले ३ अर्ब १७ करोड ४ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २८.२९ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.२५ प्रतिशत, बेसरेट ८.०५ प्रतिशत, स्पेडदर ४.४८ प्रतिशत र कष्ट अफ फण्ड ११.१६ प्रतिशत छ । साथै, प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात २७.४७ गुणा छ ।


क्लिकमान्डु