मिर्मिरे लघुवित्तद्वारा लाभांश घोषणा



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । शनिबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हुँदा सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले कर प्रयोजनका लागि नगद लाभांश भने छुट्याइएको छैन ।


क्लिकमान्डु