एनआईसी एशिया बैंकको नाफा ३ अर्ब २५ करोड, लाभांश क्षमता १६ %



काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ९ करोड थियो ।

बैंकको ब्याज आम्दानी बढेपनि नाफा भने अघिल्लो वर्षको तुलनामा खासै बढ्न भने सकेन ।

बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५.०४ प्रतिशत घटेको छ। ११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको एनआईसी एशियाली बैंकले सेयरधनीलाई बाड्न मिल्ने १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ गरेको छ ।

बैंकको प्रतिसेयर २८ रुपैयाँ ११ पैसा रहेको छ । पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५.३६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ रहेको छ।

असार मसान्तसम्म एनआईसी एशियाको निक्षेप २ खर्ब ८६ अर्ब छ भने कर्जा २ खर्ब ४८ करोड रहेको छ ।


क्लिकमान्डु