सानिमा बैंकले २८ प्रतिशतले नाफा बढायो,लाभांश क्षमता १७ प्रतिशत



काठमाडौं । सानिमा बैंकले २८ प्रतिशतले नाफा बढाएको छ । सानिमा बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार २ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सानिमा बैंकको नाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

सानिमा बैंकको ब्याज आम्दानीबाट ४ अर्ब ५२ करोड कमाएको छ । अघिल्लो वर्ष ४ अर्ब १८ करोड रहेको थियो ।

९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको सानिमा बैंकको पूँजीकोष अनुपात १३.५४ प्रतिशत छ । गतवर्षको नाफाबाट सानिमा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ६८ करोड गरेको छ । यस आधारमा सानिमा बैंकको लाभांश क्षमता १७ प्रतिशत देखिन्छ ।

असार मसान्तसम्ममा सानिमा बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १८ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष सानिमा बैंकको निक्षेप १ खर्ब ७ अर्ब थियो भने कर्जा ९० अर्ब थियो ।

सानिमा बैंकको प्रति सेयर आम्दानी २३.५१ रुपैयाँ रहेको छ । सानिमा बैंकको खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । सानिमा बैंक खराब कर्जा कम हुने बैंकमा पर्छ । ६.३४ प्रतिशत बेसरेट रहेको सानिमा बैंकको ३.७३ प्रतिशत स्प्रेड रहेको छ ।


क्लिकमान्डु