शेखर गोल्छाका नजरमा मौद्रिक नीतिका सकारात्मक र चुनौतपूर्ण पक्ष



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई सकारात्मक रुपमा लिएका छन् ।

उनले धेर्रै कुराहरु मौद्रिक नीतिको सकारात्मक भएपनि केही विषयलाई भने चुनौतीपूर्णमा राखेका छन् ।
मौद्रिक नीतिमा गोल्छाको टिप्पणी यस्तो छ ।

सकारात्मक पक्ष

उद्यम व्यवसाय सञ्चालन गर्न रु. १ करोड वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था मिलाइने छ ।

पुर्नकर्जामा साना मझौला उद्यमीलाई प्राथमिकता दिइ निरन्तरता दिइने पुर्नतालिकीकरणमा कोभिड प्रभावित उद्यमलाई प्राथमिकता दिइएको छ बेस रेट गणना परिमार्जन गर्ने भनिएको छ त्यो उद्यमी मैत्री हुनुपर्छ रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ ।

यसले तरलता बढाउन मदत गर्नेछ । महिला उद्यमीलाई दिइने कर्जा सिमा बढाएर २० लाख पुर्याउनु सकारात्मक छ । व्यवसाय निरन्तरता कर्जा सहजीकरण गरिने भनिएको छ । जुन राम्रो छ सुक्ष्म निगरानीको व्यवस्थालाई ३ बर्ष बनाइएको छ । यसले व्यवसायीलाई राहत दिनेछ ।

कालोसूचिको व्यवस्थालाई पुनरावलोकन गर्ने भनिएको जुन व्यवसायी मैत्री हुनुपर्छ ।

सिसिडी अनुपात हटाएर कर्जा निक्षेप अनुपात ९० प्रतिशत बनाउनु सकारात्मक यसले बजारमा तरलता बढाउनेछ । सबै सरकारी भुक्तानी डिजिटल माध्यमबाट गरिने भनिएको छ जुन शुसासनका लागि पनि महत्वपूर्ण छ । इकेवाइसीको व्यवस्थाले बैकिग सेवा सहज बनाउनेछ । विदेशबाट लिने सेवा आयात बापतको भुक्तानीका लागि वाणिज्य बैंकहरुले प्रदान गर्न सक्ने सटही सुविधामा आवश्यक पुनरावलोकन गरिनेछ । यो व्यवसाय विस्तारका लागि महत्वपूर्ण छ।

चुनौतिपूर्ण पक्ष

बैंक वित्तिय संस्थाबाट लिने कर्जा सिमा तोकिएका कारण सेयर बजारमा असर गर्न सक्छ । साना तथा मझौलालाई परियोजना धितो कर्जा दिनुपर्ने हाम्रो माग थियो उक्त माग प्रत्यक्ष रुपमा समावेश गरिएन ।

बजेटमा स्टार्ट अपलाई २५ लाख सम्मको कर्जा दिइने भनिएको थियो, तर त्यो बिषय कार्यान्वयनमा प्रष्ट कुरा आएन । ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा वाह्य क्षेत्र व्यवस्थापन गरिनेछ भन्नुको अर्थ वाह्य क्ष्ँेत्रमा चाप पर्ने देखिएको छ ।


क्लिकमान्डु