एउटै बैंकले २ अर्ब रुपैयाँसम्म कर्जा दिन पाउने



काठमाडौं । अब एउटै बैंकले २ अर्ब रुपैयाँसम्म कर्जा दिन पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सहुलियत दिएको हो ।

यसअघिसम्म बैंकहरुले १ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्नु पर्दा सहवित्तीयकरणमा जानु पर्ने प्रवधान थियो । अर्थात् कुनै पनि परियोजनाबाट १ अर्ब रुपैयाँभन्दा माथि कर्जा माग भइ अचएमा दुई वा सोभन्दा बढी बै्रंकहरुले साझेदारीमा कर्जा लगानी गर्नु पर्ने हुन्थ्यो ।

जसको सीमा बढाएर केन्द्रीय बैंकले २ अर्ब रुपैयाँ पुर्याएको हो । अब २ अर्बभन्दा माथिको ऋणमा अनिवार्य कन्सोल्टियम (सहवित्तीयकरण) लगानी गर्नुपर्ने छ ।


क्लिकमान्डु