चार्जिङ स्टेशन स्थापनाका लागि लिइएको कर्जामा पुन:कर्जा पाउने



काठमाडौं । मौद्रिक नीति २०७८/७९ ले विद्युतीय सवारीको चार्जिङ स्टेशन स्थापनाका लागि लिइएको कर्जामा पुन कर्जा पाउने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीति २०७८/७९ ले विद्युतीय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत रेखेको छ ।

विद्युती सवारी साधनको लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्था मिलाएको गर्भनले बताए ।


क्लिकमान्डु