ऋणी लगातार ३ वर्ष घाटामा गएमात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले राहत दिएको छ । ऋणी लिएर व्यवसाय गर्ने ऋणी लगातर ३ वर्षसम्म घाटामा गएमा मात्र शुक्ष्म निगरानी गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यसअघिसम्म लगातर २ वर्षसम्म व्यवसाय घाटामा गएमा त्यसलाई बैंक तथा वित्तीय संस्थाले शुक्ष्म निगरानीमा राख्थ्यो ।

आर्थिक वर्ष २०७८/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो बताएका हुन् ।

कोभिड–१९ को प्रभाव समग्र अर्थतन्त्रमा परेको कारण ऋणी व्यवसायी सहुलीत दिएको उनले बताए ।


क्लिकमान्डु