ब्याजदर करिडोर पुनः कार्यान्वयनमा दर परिवर्तन



काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने भएको छ ।

तरलतालाई स्थिरता राख्नको लागि ब्याजदर करिडोरको व्यवस्था भएपनि पछि सरकारी ऋणपत्रमा बढी ब्याजदर भएको भन्दै तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले यसलाई हटाउन लगाएका थिए ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको लागि ब्याजदरको सिमा भने परिवर्तन गरेको छ ।

ब्याजदर करिडोरको लागि यसअघि १ प्रतिशत रहेको न्यूनतम दरलाई २ प्रतिशत र ३ प्रतिशतलाई साढे ३ प्रतिशत पुर्याइएको छ ।


क्लिकमान्डु