हिमालयन डिस्टिलरीको खुद नाफा १२२ प्रतिशतले बढ्यो



काठमाडौं । हिमालयन डिस्टिलरीको खुद नाफा १२२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४६ करोड ६९ लाख १६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा नाफा बढाएर १ अर्ब ४ करोड ७ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीले बिक्रीबाट हुने आम्दानी पनि बढाएको छ । अघिल्लो आवमा ४ अर्ब ७६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेकोमा गत आवमा योआम्दानी बढेर ६ अर्ब ५० करोड ७० लाख रुपैयाँ बनाएको छ ।

कुल चुक्तापुँजी ८६ करोड ७७ लाख २ हजार ३७५ रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १ अर्ब १३ करोड ६२ लाख रुपैयाँ छ ।

त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी ११९.९४ रुपैयाँ तथा नेटवर्थ २३०.९५ रुपैयाँ छ ।


क्लिकमान्डु