ऋणपत्रमा लगानी गर्ने न्यूनतम सीमा दोब्बरले बढ्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जारी गर्ने ऋणपत्रमा न्यूनतम लगानी गर्ने सीमा रकम बढाइएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले जारी गर्ने ऋणपत्रमा न्यूनतम २५ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर न्यूनतम ५० हजार रुपैयाँ बनाइएको हो ।

अर्थमन्त्रालयले ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन नियमावली, २०६१ मा दोस्रो संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
हाल प्रतिकित्ता १ हजार रुपैयाँ अंकित हुने ऋणपत्रमा हाल न्यूनतम २५ कित्ताका लागि २५ हजार रुपैयाँ लगानी गर्नुपर्नेमा अब न्यूनतम ५० कित्ता अर्थात् ५० हजार रुपैयाँ लगानी गर्नुपर्नेछ ।

ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो । जसमा लगानीकर्ताले उक्त ऋणपत्रमा जारी गर्ने संस्थाबाट निश्चित समयपछि साँवा तथा ब्याज प्राप्त गर्दछन् ।

त्यसैगरी आवेदन दिँदा ऋणपत्रका लागि आवेदन दिँदा न्यूनतम १ हजार रुपैयाँले भाग जाने हुनुपर्नेमा त्यसलाई बढाएर १० हजार रुपैयाँ बनाइएको छ ।

त्यसैगरी बैंक खाता भएका बोलकबोलदाताले आफूले खरिद गर्न चाहेको ऋणपत्रको रकमको २.५ प्रतिशतले हुन आउने रकम अर्नेष्ट मनीका रुपमा आफ्नो खातामा मौज्दात कायम गर्नुपर्नेछ । बैंकमा खाता नभएका बोलकबोलदाताले त्यस्तो अर्नेष्ट मनी वापतको रकम बैंकको बैंकिङ विभागमा जम्मा गरी सोको सक्कल भौचर बोलकबोल फारामसाथ पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु