एकै दिन ७५ युनिट स्कोडा कुशाकको डेलिभरी



default

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ ।

एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व डा. समिरमणि दिक्षित, टुटलका सिइओ शिक्षित भट्ट, अभिनेता अनुप विक्रम शाही र भ्लगर सिसन बानियाँलाई पनि नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो ।

दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई नेपाली अटोबजारले सहर्ष स्विकारिसकेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ ।

सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ ।

‘स्कोडा कुशाकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौं । आजको मितिसम्म हामीसँग एकसय १५३ भन्दा बढी बुकिङ छन् ।

आज चाहिँ हामीले काठमाडौं र देशभर रहेका डिलरहरुबाट ७५ वटा कुशाक डेलिभरी दिएका छौं,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकमा विश्वमै लोकप्रिय टीएसआई प्रविधिको इन्जिन छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । टीएसआई अवार्ड हासिल गर्न सफल पछिल्लो प्रविधिमा आधारित इन्जिन हो ।’

रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो ।

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्नेछन् ।

नेपाली बजारमा ५ प्रकारको कुशकको भेरियन्ट उपलब्ध रहेको छ । जसको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजारसम्म रहेको छ ।


क्लिकमान्डु