जलविद्युत् र पर्यटनमा आकर्षण हुँदा नेप्से स्थिर, ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । बुधबार सेयर बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत् र होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा बढ्दा नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । यो दिन २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।
यो दिन जलविद्युत् सवइन्डेक्स ३.९२ प्रतिशत र होटल तथा पर्यटन सवइन्डेक्स २.७८ प्रतिशतले बढेको छ ।

यो दिनको कारोबारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत् परियोजना, आइसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त, युनियनलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरलगायतका कम्पनी छन् ।


क्लिकमान्डु