रेल्वे कम्पनीको महाप्रबन्धकबाट गुरुप्रसाद भट्टराईको राजीनामा



काठमाडौं । रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भर्खर राजीनामा पत्र बुझाएको भट्टराईले क्लिकमाण्डूसँग बताए ।

साउने १९ गते भट्टराईसँग मन्त्रिपरिषद्ले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले कार्य मूल्यांकनको आधारमा भन्दा पनि सामाजिक सञ्चालमा अशोभनिय र पदीय मर्यादा विपरीत टिकाटिप्पणी गरेको भनेर स्पस्टिकरण सोधिएको थियो । तर उनले स्पष्टिकरण नदिने भन्दै पत्रकार सम्मेलन नै गरेका थिए ।


क्लिकमान्डु