सिभिल लघुवित्तमा ८० जनालाई रोजगारीको अवसर



काठमाडौं । सिभिल लघु वित्त वित्तीय संस्थाले भारी संख्यामा रोजगारी खुलाएको छ । संस्थाले अधिकृत तहदेखि कनिष्ठ सहायकसम्म गरी ८० जना कर्मचारी माग गरेको हो ।

संस्थाले मंगलबार सार्वजनिक सुचनामार्फत् अधिकृत १ जना, कनिष्ठ अधिकृत ४ जना, सहायक कनिष्ठ अधिकृत ५ जना, वरिष्ठ सहायक ३७ जना र कनिष्ठ सहायक ३८ जनाको लागि रोजगारी दरखास्त आह्वान गरेको छ ।

जसमा सुचना प्रविधि विभागमा अधिकृत १ जना, अनुगमन/क्लस्टर प्रमुख फिल्ड र शाखा प्रमुखका लागि कनिष्ठ अधिकृत ४ जना तथा सोही विभागमा सहायक कनिष्ठ अधिकृत ५ जना, शाखा कार्यालय प्रमुख तर्फ वरिष्ठ सहायक ३७ जना र फिल्डमा लागि कनिष्ठ सहायक ३८ जना कर्मचारी माग गरिएको हो । संस्थाले विषेश गरी दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रही काम गर्न इच्छुकलाई प्रथमिकता दिने उल्लेख गरेको छ ।

संस्थाले तोकेका योग्यता पुरा गरेका इच्छुक आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल