सिनर्जी पावर डेभलपमेन्टले घोषणा गर्यो लाभांश र हकप्रद



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि लाभांश र हकप्रद घोषणा गरेको छ ।

कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत बराबरको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको छ ।

त्यसैगरी कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र यसलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु