चन्द्रागिरि हिल्सको घाटा बढेर २५ करोड पुग्यो



काठमाडौं । कोरोना महामारीका कारण प्रायः बन्द भएको चन्द्रागिरि हिल्सको घाटा बढ्दै गएको छ । काठमाडौंको दक्षिणतर्फ रहेको चन्द्रागिरि हिल्स अन्तर्गतको केबुलकार कोरोनाका कारण सञ्चालन हुन नसक्दा घाटा चुलिँदै गएको हो ।

कम्पनीको प्रकाशित गरेको वित्तीय विवरण अनुसार आव २०७६/७७ मा कुल १० करोड ६६ लाख रुपैयाँ घाटा बेहोरेको कम्पनीले गत आव २०७७/७८ मा कुल २५ करोड ३८ लाख घाटा बेहोर्न बाध्य भएको छ ।

कम्पनीले अघिल्लो आवमा बिक्रीबाट कुल ४१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेकोमा गत आवमा यस्तो आम्दानी घटेर २२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले विश्वव्यापीरुपमा बढेको कोरोना महामारीको असर, पर्यटनसँग सम्बन्धि लिइने नीति तथा घोषणालगायतका कारणले कम्पनीको आम्दानीमा असर परेको जनाएको छ ।

कम्पनीले हाल प्रतिसेयर आम्दानी १६.५५ रुपैयाँ ऋणात्मक छ भने सेयरधनीको सेयर पुँजी कोषको प्रतिफल ०.२२ ऋणात्मक छ । त्यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ ७४.३५ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४२.८४ रुपैयाँ छ ।


क्लिकमान्डु