ओला इलेक्ट्रिक स्कुटर रिभर्स गियरका साथ उपलब्ध हुने



एजेन्सी । ओला इलेक्ट्रिक स्कुटर अगामी १५ अगष्टमा भारतमा सार्वजनिक हुनेछ । सोही दिन अर्को इलेक्ट्रिक सवारी निर्माता कम्पनी सिम्पल इनर्जीले पनि इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्नेछ ।

ओला इलेक्ट्रिक स्कुटर सार्वजनिक हुनु अघि नै यसको बुकिङ खुल्ला भइसकेको छ । कम्पनीले स्कुटर सार्वजनिक गर्नु अघि केही जानकारी उपलब्ध गराएको छ ।

अहिले कम्पनीले ओला इलेक्ट्रिक स्कुटरको एउटा नयाँ टिजर जारी गरेको छ । जसमा कम्पनीले स्कुटरमा रिभर्स मोड दिएको छ । यसअघि कम्पनीले जारी गरेको अर्को टिजरमा स्कुटरको १० कलर विकल्पको बारेमा खुलासा गरिएको थियो ।

ओला इलेक्ट्रिक स्कुटर रेड, ब्लू, एलो, सिल्भर, गोल्ड, पिंक, ब्ल्याक, पर्पल, ग्रे र सेतो कलरमा उपलब्ध हुनेछ । एस, एस१ र एस१ प्रो गरी तीन नामा ओला स्कुटरको ट्रेडमार्क दर्ता गरिएको छ ।

कम्पनीले यस इलेक्ट्रिक स्कुटरमा एस सिरिज अनुरुप दुई भेरियन्ट एस१ र एस१ प्रो रहेको छ । कम्पनीले केही समय अघि टिजर मार्फत् अन्य फिचर्स जस्तै अन्डर सिट–स्टोरेज, सिंगल चार्ज रेन्ज र एपमा आधारित कि–ले एक्सेजको बारेमा जानकारी दिएको थियो ।

ओला इलेक्ट्रिका सीइओ तथा को–फाउण्डर भाविश अग्रवालले ट्वीटमार्फत् यस इलेक्ट्रिक स्कुटर १ हजारभन्दा धेरै बुकिङ प्राप्त भएको जानकारी दिएका छन् । उनका अनुसार ओला स्कुटरको डिलेभरी पहिलो दिनबाटै बुकिङ भएको सबै स्थानबाट शुरु गरिनेछ ।

ओला इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटदेखि ६ किलोवाटसम्मको इलेक्ट्रिक मोटर दिने सम्भावना छ । फास्ट (डीसी) चार्जरबाट स्कुटर १८ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ । एसी चार्जरबाट २ देखि साढे २ घण्टामा चार्ज गर्न सकिन्छ । फुल चार्जमा स्कुटर १०० देखि १५० किलोमिटरको रेञ्ज प्रदान गर्छ ।

स्कुटरको टप स्पीड ९० किलोमिटर प्रति घण्टा छ । यस स्पेसिफिकेसनका साथ यो सबैभन्दा धेरै रेञ्ज दिने हाई स्पीड इलेक्ट्रिक स्कुटर सेगमेन्ट हुनेछ । स्कुटर खरिद गर्दा एउटा होम चार्जर दिइने जसलाई घरमै स्कुरटर चार्ज गर्न सकिन्छ ।

यस स्कुटरमा डुअल पोड एलईडी हेडलाइट, कलर एलसीडी डिस्प्ले, क्लाउड कनेक्टिभिटी, नेविगेसन प्रविधि, रिमूवेबल लिथियम–आयन ब्याट्री, टेलीस्कोपिक फोर्क सस्पेन्सन र अलो ह्वील्स दिइनेछ । ओला इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख भारुभन्दा कम हुने अनुमान छ ।


क्लिकमान्डु