भिभोको नयाँ मोबाइल बजारमा, मूल्य ४० हजार



काठमाडौं । भीभो भी २१ ई स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको छ । भीभो भी २१ ई स्मार्टफाने आइतबारदेखि नेपाली बजारमा उपलब्ध भएको हो । भीभो २१ ईमा क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर, ८ जीबी र्याम र १२८ जीबी रोम छ । यसमा ३ जीबी एक्सटेन्डेबल र्यामका साथै ३३ वटाको फास्ट चार्जर छ । भीभो भी मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

भी २१ ई ४४ मेगापिक्सलको आई अटोफोकस फ्रन्ट क्यामरा जडान गरिएकोे छ भने नाइट पोटे«ट समेत समावेश गरिएको छ । यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मदत गर्दछ । भी २१ ई स्मार्ट फोन साउन २४ गतेदेखि २६ गतेसम्म खरिद गर्नेले उपभोक्ताले लन्च अफरको रुपमा निशुल्क इयरबड जित्ने अवसर पाउनेछन् ।


क्लिकमान्डु