एनबी बैंकको नाफा एक अर्बले बढ्यो, ब्याज आम्दानी घट्दा ट्रेडिङले दियो साथ



काठमाडौं ।नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २ अर्ब २९ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो वित्तीय विवरण अनुसार बैंकको नाफा २ अर्ब माथि देखिएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष १ अर्ब २४ करोड ४८ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकले ट्रेडिङबाट ६१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले २२ करोड ९० लाख आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ट्रेडिङ आम्दानी ३ गुणाले बढाएको छ ।

बैंकको ब्याज आम्दानी भने गत आवमा घटेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने आर्थिक वर्ष २०७६÷७८ मा ७ अर्ब ४४ करोड ६४ लाख रुपैयाँ रहेको थियो । बैंकको प्रति सेयर आम्दानी २५.४६ रुपैयाँ छ ।

गतवर्षको नाफाबाट बैंकले सेयरधनीलाई बाड्न मिल्ने १ अर्ब ४७ करोड आम्दानी गरेको छ । ९ अर्ब चुक्ता पूँजी रहेको बैंकले गतवर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । लेखापरिक्षण हुँदा यो रकम फरक पर्छ ।

असार मसान्तसम्म बैंक ८७ अर्ब १२ करोड रहेको छ भने कर्जा ६८ अर्ब ४८ करोड रहेको छ ।


क्लिकमान्डु