काठमाडौं महानगरभित्र जग्गाको सरकारी मूल्यांकन आनाको साढे ५ लाखदेखि ५० लाखसम्म



काठमाडौं । काठमाडौं महानगरपालिकाले जग्गाको नयाँ मूल्यांकन सार्वजनिक गरेको छ । महानगरले आर्थिक वर्ष २०७८/७९ आर्थिक ऐन मार्फत् जग्गाको नयाँ मूल्यांकन जारी गरेको हो । महारनगरले आफ्नो क्षेत्र भित्र सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्यांकन गरेको हो ।

यो खरिद मूल्य भने होइन । खरिदकर्ताले महानगरको मूल्यांकन अनुसार जग्गा पाउन असम्भव छ । जग्गा किनबेच गर्दा महानगरलाई तिर्नुपर्ने राजश्व भने यही मूल्यांकनअनुसार बुझाउनुपर्छ ।

महानगरको मूल्यांकनअनुसार केशरमहल प्रवेशद्वारादेखि पश्चिम ठमेल मूलचोकहुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडएका जग्गाहरु हनुमान ढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघर र सोदेखि पूर्व विश्वज्योति हल र तीनधारा पाठशाला, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्मको जग्गाको मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ गरिएको छ ।

यस्तै, माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग, घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडएका दायाँबायाँका जग्गाको पनि ५० लाख रुपैयाँ प्रतिआना मूल्यांकन गरिएको छ ।

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल यायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वसम्मको मूल सडकसँग जोडिएका दायाँबाँका जग्गाहरु र रत्नपार्क, पुरानो बसपार्क शहीगेटहुँदै सून्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेटहुँदै सून्धारा चोकसम्म, सिंहदारबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँवायाँका जग्गाहरुको प्रति आना मूल्यांकन ५० लाख रुपैयाँ गरिएको छ ।

सबैभन्दा सस्तो जग्गाको मूल्यांकन महानगरको वडा नम्बर १४ मा गरिएको छ । वडा नम्बर १४ मा बाटो नभएको जग्गाको मूल्यांकन ५ लाख ५० हजार रुपैयाँ छ ।


क्लिकमान्डु