निजीकरण गर्ने निर्णय खारेजीको माग गर्दै नेपाल एयरलाइन्सका कर्मचारीले भेटे प्रधानमन्त्री



काठमाडौं । नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने तयारी भइरहेको भन्दै त्यसको विरोधमा उत्रिएका नेपाल एयरलाइन्सका कर्मचारी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भेट गरेका छन् ।

निगमका ९ वटा ट्रेड युनियनका नेताहरुले प्रधानमन्त्रीलाई भेट गर्दै नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्न माग गरेका हुन् । हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाकै विषयमा उनीहरुले प्रधानमन्त्री देउवालाई भेट गरेका हुन् ।

त्यसैगरी उनीहरुले महाप्रबन्धक डीमप्रकाश पौडेललाई समेत बर्खास्त गर्न माग गरेका छन् । उनीहरुले पौडेलको तलब र वृद्धि रोक्न समेत माग गरेका छन् । निगम व्यवस्थापले अहिलेको संरचनामा निगमलाई फाइदामा लैजान नसकिने भन्दै कम्पनी मोडलमा लैजानुपर्ने बताइरहेको छ भने कर्मचारीहरु त्यसको विरोधमा उत्रिएका छन् ।


क्लिकमान्डु