नेप्से परिसूचक २१.३७ अंकले घट्यो, ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.३७ अंकले घटेर ३१०२.०८ अंकमा सीमित भएको छ । यो दिन २ करोड ६९ ला ७५ हजार ४९१ कित्ता सेयर १३ अर्ब २७ करोड १ लाख ८७ हजार ६०७ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन ७२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको सेयर मूल्य घटेको छ साथै एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन ४ वटा कम्पनी नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिन युनिभर्सल पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिव श्री हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य घटेको छ ।