नेप्से परिसूचक ७ अंकले बढ्यो, ५९ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । बिहीबारको प्रि-ओपनिङ नेप्से ७ अंकले बढेर ३१३०.५४ अंक पुगेको छ ।

प्रि-ओपनिङमा ७८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा रिडी हाइड्रोपावर, हिमालयन जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, इभरेष्ट इन्स्योरेन्स, जोशी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स, राइराङ हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स, र साना किसान विकास बैंकलगायतका कम्पनीको सेयर २ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु