टिभिएस एनटर्क १२५ नेपाली बजारमा, ५० हजार युनिट बिक्री



काठमाडौं । नेपाली बजारमा टिभिएस एनटर्क १२५ स्कुटर ५० हजार युनिट बिक्री भएको छ । शुरुवातको ३ वर्षभित्रै टिभीएसले यो सफलता हासिल गरेको हो ।

विश्वव्यापीरुपमा प्रतिष्ठित टू व्हीलर र थ्री-व्हीलर निर्माता टिभिएसले सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको बिक्री शुरु गरेको थियो । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ ।

टिभिएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलिपलेस्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार युनिट बिव्रmीको लक्ष्य हासिल गरेकोमा खुसी व्यक्त गरे ।

‘सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागी बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको छ। टिभिएस एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यसको सफलताको एक पहिचान भएको हो। यो उपलब्धिलाई नवीनतामा बेन्चमार्क सेट गरेर र ग्राहकहरुका लागि आकांक्षा सिर्जना गरेर टिभिएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो,’ उनले भने ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शहिल अग्रवालले भन्नुभयोनेपालका ग्राहकहरु, प्रिमियम गतिशीलता समाधानमा विश्वास राख्दछन्, जुन बलियो गुणस्तरको हुन्छ । र, जो देशको विभिन्न भूभागको लागि उपयुक्त हुन्छ । यी आवश्यकताहरुलाई पूरा गरेर, टिभिएस एनटर्क १२५ छिट्टै राष्ट्रले नै मन पराएकोे स्कुटरको रुपमा स्थापित हुन सफल भएको जानकारी दिए ।

टिभिएस एनटर्क १२५ ले रेसिंग पेडिग्री द्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्दछ । यस स्कुटरले एक्स्क्ल्युसिभ टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ-इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ ।

टिभियस स्मार्ट कनेक्टफुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट-इन-सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन-बिल्ट-ल्याप-टाइमर,फोन-ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको छ ।

टिभिएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ ।

रेस एडिसनसहित रेड-ब्ल्याक र यल्लो-ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्तिल्थ ब्ल्याक रंगमा उपलब्ध छ ।


पुष्प दुलाल