साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि ३५ लाख कित्ता आइपीओ ल्याउने



काठमाडौं । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि ३५ लाख कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो ।

१ सय रुपैयाँ अंकित मूल्य तोकिएको कम्पनीको सेयरमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निष्कासन छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गते बन्द हुनेछ ।
कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को अपरिष्कृत विवरण अनुसार प्रति सेयर नेटवर्थ १५७.४३ रुपैयाँ, प्रतिसेयर आम्दानी २२.४२ रुपैयाँ र सञ्चित नाफा १ अर्ब ४० करोड १६ लाख ३१ हजार रुपैयाँ छ ।


क्लिकमान्डु