सेजनद्वारा प्रकाशित ‘आर्थिक पत्रकारिता हाते किताब’ बिमोचन



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रकाशित गरेको आर्थिक पत्रकारिता हाते किताब बिमोचन गरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हाते पुस्तकको बिमोचन गरे ।

कार्यक्रममा हाते पुस्तकका लेखकहरु हरिबहादुर थापा, सुदीप श्रेष्ठ, पुष्प आचार्य, प्रेम खनाल, भीम गाैतम र यज्ञ बञ्जाडेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधानले हाते पुस्तक आर्थिक पत्रकारिता गर्नेका लागि निकै उपयोगी भएको भन्दै कोसेढुंगा सावित हुने बताए । हाते पुस्तकले संवाददाता, डेस्क एडिटरदेखि सम्पादकसम्मका लागि निकै उपयोगी हुने बताए ।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभागका प्रमुख चिरञ्जीवि खनालले आर्थिक पत्रकारका लागि लक्षित गरी प्रकाशित गरिएको हाते पुस्तक निकै उपयोगी हुने बताए । उनले पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि पठनीय हुने समेत बताए । उनले आगामी दिनमा अन्य संस्करण पनि आउनेमा विश्वास व्यक्त गरे ।


क्लिकमान्डु