ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवम् धादिङको बीचबजारमा गरी एकैसाथ ७ नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो ।नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जाल सहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालयमार्फत् आफ्ना २३ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु