सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्कासनमा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब भएको छ ।

निष्कासन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो ।

जसमा निष्कासनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब २० करोड १८ लाख २६ हजार रकम बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता सेयरका लागि आवेदन परेको छ ।

आइपीओमा निष्कासनको पहिलो दिन ५ बजेसम्मको तथ्यांकमा सेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढि हो ।

आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकछन् । आइपीओमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म छ ।


क्लिकमान्डु