सनराइज बैंकका ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार



काठमाडौं । सनराइज बैंक लिमिटेडले सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको बयलकाँडा, कैलालीको जानकी गाउँपालिका खैरीफाँटा र कैलालीकै टिकापुर नगरपालिका धनसिंहपुरमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८२ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागि बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु