प्रधानमन्त्री देउवा र नाडा प्रतिनिधिबीच छलफल



काठमाडौं । नाडा प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ ।

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना दिँदै बन्दाबन्दीको कारण समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको जानकारी गराएको थियो ।

अटोमोवाइल क्षेत्रलाई पुनः गतिशिल अवस्थामा पुर्याउन सरकारबाट विशेष पहल गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् ।

नाडाको केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेको बताए ।

उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका मिलाउन श्रेष्ठले आग्रह गरे ।

सो छलफलमा उनले वन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा यूरो–६ (बीएस–६) लागू गर्ने कार्य सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग गरे ।
सो छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु