नेप्से परिसूचक १२ अंकले बढ्यो, जलविद्युतमा आकर्षण हुँदा ८ कम्पनीको सेयरमा पोजिटिभ सर्किट



काठमाडौं । बुधबार नेप्से परिसूचक १२.०५ अंकले वृद्धि भइ ३१२३.१५ अंकमा पुगेको छ ।

यो दिन २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा कारोबार भएको छ । यो दिन १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन उपसमूहतर्फ जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युतको उपसमूहमा ५.८१ प्रतिशत वृद्धि देखिएको छ ।

त्यसैगरी विकास बैंक, फाइनान्स उपसमूहमा पनि वृद्धि देखिएको छ ।

यो दिन माथिल्लो तामाकोसी, कालिका पावर कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, युनियन लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने जीवन विकास लघुवित्तको ९.९९ प्रतिशत, नारायणी विकास बैंकको ९.८७ प्रतिशत र सानजेन जलविद्युत् कमपनीको सेयर मूल्इ ९.६७ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु