भारतमा वागेनआर एक्स्ट्रा सार्वजनिक, यस्ता छन् फिचर



एजेन्सी । मारुती सुजुकीले आफ्नो बेस्ट सेलिङ ह्याचब्याक वागेनआर एक्स्ट्रा एडिसन सार्वजनिक गरेको छ । कम्पनीले भारतमा मंगलबार वागेनआर एक्स्ट्रा एडिसन सार्वजनिक गरेको हो ।

यो कारमा १ लिटर वा म्यानुअल गियरबक्सका साथ १.२ लिटर इन्जिनका साथ भी भेरियन्टमा उपलब्ध छ । एक्स्ट्रा एडिसन स्ट्यान्डर्ड भी भेरियन्टमा १३ अपग्रेडका साथ सार्वजनिक गरिएको छ । जसमा एक्सटिरियर, इन्टिरियरलगायत फिचर अपग्रेड गरिएको छ ।

मिडिया रिपोर्टसअनुसार एक्स्ट्रा भेरियन्ट सिमित संख्या (लिमिटेड एडिसन) उपलब्ध हुनेछ । एक्स्ट्रा भेरियन्टको एक्सटिरियर किटको फ्रन्ट र रियर बम्पर प्रोटेक्टर, साइड स्कर्ट, ह्वील आकई क्लैडिङ, बडी साइड मोल्डिङ, फग ल्याप गार्निश, अपर ग्रिल क्रोम गार्निश, रियर डोर क्रोम गार्निश, नम्बर प्लेट गार्निशलगायत स्टाइलिस एक्सेसरीज रहेका छन् ।

किटमा ३ सहायक उपकरण हुनेछ । जसमा डिजिटल एयर इन्फ्लोटर, एक ट्रंक अर्गनाइजर र एक कार चार्जर एक्सटेन्डर छ । कम्पनीले यी सबै उपकरणलाई एक किटको रुपमा पेश गरेको छ । अलग–अलग एक्सेसरी किटको मूल्य करिब ३० हजार भारु पर्छ भने सबै किट एकमुष्ठ खरिद गर्दा ग्राहकले २३ हजार भारु भुक्तानी गरे पुग्छ ।

मारुती वागेनआर कम्पनीको सर्वाधिक बिक्री हुने ह्याचब्याक हो । यो दुई इन्जिन विकल्पमा उपलब्ध छ । जसमा १.० लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन छ । जसले ६७ बीएचपी पावर र ९० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यस्तै दोस्रो १.२ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन छ । जसले ८२ बीएचपी पावर र ११३ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

कम्पनीले मारुती वागेनआर सुरक्षित कारको रुपमा विकास गरिएको छ । कारमा कम्पनीले ड्राइभर साइड एयरब्याग, एन्टी लक ब्रेक सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीबयूशन (ईबीडी), स्पीड अलर्ट सिस्टम, रियर पार्किङ सेन्सर, सीट बेल्ट रिमाइन्डरलगायत महत्वपूर्ण सुरक्षा फिचर छ ।

भारतीय बजारमा मारुती वागेनआरको शुरुवाती मूल्य ४ लाख ८० हजार भारु र अधिकतम मूल्य ६ लाख ३३ हजार भारु (एक्स–शोरुम) तोकिएको छ ।

मारुतीको बिक्री ३६ प्रतिशतले बढ्यो
मारुती सुजुकीले जुलाई २०२१ को कार बिक्री तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीको घरेलू बिक्री ३६ प्रतिशत र नियात ७ प्रतिशतले बढेको छ । मारुती सुजुकीको मिनी सेगमेन्टमा १९ हजार ६८५ यूनिट, कम्प्याक्ट सेगमेन्टमा ७० हजार २६८ र यूभी सेगमेन्टमा ३२ हजार २७२ यूनिट बिक्री भएको छ ।

मारुतीले कुल १ लाख ६२ हजार ४६२ यूनिट कार बिक्री गरेको छ । गत वर्षको जलाईमा १ लाख ८ हजार ६४ यूनिट बिक्री भएको थियो ।

भारतीय बजारमा ९७ हजार ७६८ यूनिटबाट बढेर १ लाख ३३ हजार ७३२ यूनिट पुगेको छ । निर्यातमा ६ हजार ७५७ यूनिटबाट बढेर २१ हजार २२४ यूनिट पुगेको छ । कम्पनीको व्यापार बढ्नुमा मिनी तथा कम्प्याक्ट सेगमेन्टको योगदान धेरै छ ।


क्लिकमान्डु