पर्यटन उद्योगमा संलग्नलाई तत्काल खोप उपलब्ध गराउन माग



काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ समक्ष पर्यटन उद्योगमा संलग्न सबै व्यक्तिलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको छ । हानकी अध्यक्ष सिर्जना राणाले मंगलबार मन्त्री श्रेष्ठलाई भेट गर्दै तत्काल खोप उपलब्ध गराउन माग गरिन् ।


यसअघि हानको अनुरोधमा होटल क्षेत्रमा कार्यरत ६० हजार जनालाइै कोरोना खोप प्रदान गर्नका लागि स्वीकृति भए पनि आजका दिनसम्म सबैमा खोप नपुगिसकेको बताउँदै राणाले होटलमा अग्रपंक्तिमा कार्यरत कामदखार तथा कर्मचारीलाई खोप उपलब्ध गराउन माग गरिन् ।

उनले होटलमा कार्यरत सबै श्रमिकले खोप नलाउँदासम्म होटल व्यवसाय पुनरुत्थान गर्न नसकिने पनि स्पष्ट पारिन् । भेटमा मन्त्री श्रेष्ठले पनि यथाशक्य छिटोभन्दा छिटो खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।


क्लिकमान्डु