म्याद समाप्त भएका वस्तुलाई नयाँ लेबल लगाई बिक्री गर्ने गोदाम शिलबन्दी



काठमाडौं । काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर १५, सानो भ¥याङस्थित रहेको समिट कमर्सियल प्रालिले उपभोक्ता संरक्षण ऐन विपरीत कारोबार गरेको भन्दै गोदाम शिलबन्दी गरिएको छ ।

कम्पनीले उत्पादन गर्ने म्याद समाप्त भएका कस्मेटिक तथा सवारी साधन सफा गर्न प्रयोग हुने वस्तुहरूमा नयाँ लेबल लगाई विक्री वितरण गरेकोले शिलबन्दी गरिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाइले ऐन विपरीत अनुचित क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा महानगरी प्रहरी अपराध महाशाखाको सहयोगमा उक्त गोदामको शिलबन्दी गरेको बताए ।

साथै उक्त कम्पनीमा सञ्चालक अविनास अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) समेत दुई जनालाई म्याद थप गरी अनुसन्धान थालिएको विभागले जनाएको छ ।


क्लिकमान्डु